Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सगरमाथा आरोहणमा हिँडेकी असई कुन्जाङलाई शुभकामनासहित ब्यानर हस्तान्तरण


सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित ब्यानर हस्तान्तरण गरिएको छ ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।

हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी दिपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाई गरे । थापाले यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरे ।

साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई कृतज्ञता जनाए ।