Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ


 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान हुँदै गर्दा संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

गत शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले गरेको आदेशलगत्तै पक्राउ परेका लामिछानेलाई सोमबार कारागार चलान गरिएको हो ।

लगत्तै, उनलाई शनिबार भैरहवा लगिएको थियो । शनिबार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।

लामिछाने कारागार चलान हुँदैगर्दा एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘केही भन्नु छैन, सम्मान छ ।’

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको छ । यो कारागार ९० वर्ष पुरानो हो ।