Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज हुँदै


काठमाडौ—नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज हुँदै छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको नयाँ कार्यसमिति चयनका लागि ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको छ । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जना उम्मेदवार छन् ।

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धामा छन्। मिश्र समूहको महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठसमूहको महासचिवमा अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन् ।