काठमाडौं—सडकमा शिक्षकहरु आन्दोलित छन्,कुलमान घिसिङका समर्थक पनि सोहि लयमा हुँदा राजावादीको तितरवितरण भएको आन्दोलन समेट्ने प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टि छ । स्वयम नेपाली कांग्रेसभित्रकै एक तप्का सरकारको कामदेखि सन्तुष्ट छैन भने प्रधानमन्त्री केपी शर्मा ओली एकपछि अर्को गलत निर्णय गरिरहेका छन् । अर्थात माहोल सरकारमाथि विश्वास गर्ने हैन तर अझ गर्माउने र निराशा बढ्ने खालको छ ।
एमाले कांग्रेस गठबन्धनको उदेश्यको कुरा गर्ने हो भने सरकार फलप छ । न अर्थतन्त्रमा सुधार न नागरिकमा आशा । बरु व्यवस्था नै परिवर्तनको आवाज यहिवेला बलियो बन्दा यो सरकारको हैसियत वेला वेला पुष्पकमल दाहाल प्रचण्डले नै पनि देखाईदिन्छन् । त्यो पनि छोडौ उपेन्द्र यादवले नै पनि ओलीको पसिना छुटाएको उदाहरणहरु छन् । प्रहरीमाथि प्रश्न छ । जताततै उकुसमुसुक छ भन्दा अयुत्ती हुने अवस्था छैन् । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाकै भनाई मान्ने हो भने गठबन्धन सरकारको औचित्य पुष्टि गर्न सकेको छैन् ।
यता ओलीकै सन्दर्भमा पनि आईलभयु केपी वा भन्नेहरु छैनन् । सार्वजनिक कार्यक्रममा जाने अवस्था छैन् । चाहे त्यो देशको होस कि विदेशको । तर जनमतमा खराव हूँदै गएका प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा भने बलियो बन्न थालेका छन् । भारतसँगको सम्बन्ध सुधारिएको संकेत र विपक्षी तह लगाउने अश्त्र सफल भएपनि यो अवस्था बनेको हो । जहाँ कांग्रेसको बलियो साथ अर्को आधार बन्दा खड्गोबाट पार हुने उनका रणनिति कस्ता रहे त ? कसरी विपक्षीलाई तह लगाए ? कसरी एकपछि अर्को घटनाक्रम उनका लागि फाईदाजनक बन्दै छन् ? विपक्षीले समात्न नसकेको बाटो र कांग्रेसको बाध्यता के ? मोदीसँग गरेको सम्झौता के ? यी र यस्तै प्रश्नहरुको जवाफ हामी आजको एबीसी चेककमा खोज्ने प्रयास गर्ने छौँ ।
प्रतिक्रिया