काठमाडौं—नागरिकको शान्ति, सुरक्षा र अमनचैन कायम गर्ने अविभारा बोकेको नेपाल प्रहरी पछिल्लो समय विभिन्न विवादहरुमा मुछिँदै गएको छ । नेपाल प्रहरीले जनताको पक्षमा होइन, नेताका पक्षमा काम गर्छ भन्ने तथ्य प्रमाणित गर्न पछिल्ला दुई घटनालाई हेरे पुग्छ ।
पहिलो तीनकुने घटनामा निर्मम रुपमा राजावादीमाथि गोलीको वर्षा र दोस्रो रवि लामिछानेलाई पक्राउ गर्न जाँदाको रवैया । यी दुई घटनालाई मिहिन ढंगले हेर्ने हो भने प्रहरीको बर्दी भित्रको बद्मासी छर्लंग हुन्छ ।
नागरिकको शान्ति सुरक्षाका लागि खटिने प्रहरी सरकारको भरिया र नेताको गोठालो जस्तो भएको आरोप लाग्दै आएको छ । नेतृत्व र नेताप्रति प्रहरीहरु कतिसम्मवफादार छन् भने सरकारको हरेक कमीकमजोरीको ढाकछोप गर्ने निकाय नै प्रहरी संगठन बनेको छ ।
प्रतिक्रिया