काठमाडौं—पाँच महिनापछि रवि लामिछानेको सक्रियतासँगै जुुर्मराउने कसरतमा रहेको रास्वपा फेरि थलिएको छ । उच्च अदालत तुलसीपुरको आदेशपछि रवि जेल नै जाने अवस्था बन्दा बाहिर आक्रामकजस्तो देखिए पनि भित्री रुपमा रास्वपा बिछिप्त जस्तै बनेको छ । त्यसमाथि रवि बिनाको रास्वपा के हुन्छ भन्ने विषय शनिबार चितवनको सभाले देखाइसकेको छ ।
मनको बह पोख्ने र नेताविरुद्ध फायर खोल्ने तयारीमा लामिछाने रहँदा त्यसको अघिल्लो रात नै जनयात्राभन्दा पहिले लामिछानेको जेलयात्रा भयो । यसले रविको निर्वाचन क्षेत्रमा उनी स्वयं नभएपछि माहोल देखिएन । रवि लामिछानेको पक्राउका क्रममा प्रहरीको हर्कतदेखि आदेश आएको समय हेर्दा यसलाई उनका समर्थकहरुले नियोजित भनेका छन् । तर, जब रविको बचाउमा सिंगो पार्टी नै उभिन्छ, तब सधैँ नेताहरु चुकिरहेका हुन्छन् ।
प्रतिक्रिया