Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सरकारको कार्यशैलीलाई लिएर सत्तापक्षका नेतानै असन्तुष्ट


काठमाडौं—नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि पोखेका छन् । अहिलेको देशको परिस्थीति अत्यन्तै नाजुक रहेको उनको टिप्पणी छ ।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको सर्जक सुमन कर्मचार्यको ‘कात्रोमा खल्ती’ अनाख्यानको लोकार्पण कार्यक्रममा कोइरालाले देशको राजनीति, आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको बताए । बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको उनको जिकिर छ ।

कोइरालाले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएपनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको उनको भनाइ छ । राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।