Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

इसराइली सेनाले १५ जना स्वास्थ्यकर्मीको हत्या भएको घटनामा आफ्नो गल्ती स्वीकार्‍यो


काठमाडौं—इसराइली सेनाले १५ जना स्वास्थ्यकर्मीको हत्या भएको घटनामा आफ्नो गल्ती स्वीकार गरेको छ। गत मार्च २३ को बिहानीपख गजाको राफानजिक मानवीय सहायताका लागि एम्बुलेन्समा गएका १६ जनामध्ये १५ जना स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध गोली चलाएको थियो।

१५ स्वास्थ्यकर्मी मारिएको विषयमा सुरूमा आइडिएफले उनीहरू सवार गाडीमा साइरन जडान पनि नभएको र रातको समयमा डिम लाइट बालेर यात्रा गरिरहेकाले शंकास्पद लागेर गोली चलाइएको दाबी गरेको थियो। आइडिएफले गाडीमा सवार रहेकाहरू स्वास्थ्यकर्मीको पोशाकमा नभएको पनि दाबी गरेका थिए।

१५ मध्ये ६ जना हमासकै सहयोगी रहेको समेत उनीहरुको दाबी थियो। घटनामा बँचेका एक जना स्वास्थ्यकर्मीले साइरन जडित गाडीमा आफूहरू गएको र स्वास्थ्यकर्मी पहिचान हुने पोशाक रहेको बताएका थिए।

त्यतिबेला सबैजना निहत्था रहेको पनि उनले बताएका थिए। यद्यपि आइडिएफ र इसराइलले उनको बयानलाई अस्वीकार गर्दै शंकास्पद भएर गोली चलाइएको दाबी गर्दै आएको थियो।