Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको सिठी जुलुस


काठमाडौं—शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन्। केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन्।

उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरूले सरकारले चैत २५ गतेसम्म पनि आफ्ना मागहरू पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन्।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।