Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मोदीको अग्निपरीक्षामा ओली, ‘वान टु वान’को सन्देश अर्कै, राजावादीको आन्दोलन के होला ? (भिडियो)


काठमाडौं । पाँच दिने थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली स्वदेश फर्किएको छ ।

कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि पहिलो पटक नेपालका प्रधानमन्त्रीले थाइल्यान्डको औपचारिक भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओलीले थाइल्यान्डको बैंककस्थित ओरियन्टल होटलमा भएको भेटवार्ताबाट भारतीय समकक्षी नरेन्द्र मोदी खुसी रहेको बताएका छन् ।

शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किएलगत्तै विमानस्थलमा आयोजित सञ्चारकर्मीसँगको कुराकानीका ओलीले यसअघि सेप्टेम्बरमा अमेरिकाको लोट्टे न्युयोर्क प्यालेसमा भएको भेटवार्तामा पनि कुनै नराम्रो कुराकानी नभएको र यसपटक अझै थप सौहाद्र पूर्ण कुराकानी भएको दाबी गरे । सगरमाथा संवादका लागि ओलीले दिएको निम्तोमा व्यस्तता देखाएर मोदीले टारेका छन् ।

नेपालको चुच्चे नक्सा विवादले ओली–मोदीबीच चिसिएर जमेको सम्वन्धमा आइसब्रेक भएको चर्चाका बीच, मोदी नेपाल न आउने र ओली भारत नजाने अवस्थाले दुविधा कायमै छ। शुक्रबार बैंककमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच झण्डै ४५ मिनेट भएको साइडलाइन भेटवार्तालाई भने सवैले चासोका साथ हेरेका थिए ।

यस अघि दुइ प्रधानमन्त्रीको भेट गराउन सक्रिय रहेकी परराष्ट्रमन्त्री आजु राणा देउवा यस पटक भने छायाँमा परिन । सत्ता फेरबदलमा ठुलो कसरत गरेकी आजु भारतमा राजदूत सेटिङ मिलाउन लागी परेकी थिइन । यसअघि पनि र्दुइ प्रधानमन्त्रीको भेट गराउन ठुलो भमिका निभाइन । तर बैंककमा भने भारतका विदेशमन्त्रीले उनलाई स्थान दिएनन् ।

यता परराष्ट्रका जानकारले भ्रमण र भेटघाटले मात्र नेपाल–भारतबीच बिग्रिएको संम्बन्ध सुध्रियो भन्न नमिल्ने बताउछन् । नेपालको चुच्चे नक्सा, लिपुलेक, लिम्पीयाधुरा सिमा विबादले प्रधानमन्त्री ओली र समकक्षीबीच दुरी बढेको र छिटै नजोडिने जानकारको र्तक छ ।

बाँकि सामाग्री भिडियोसहित