Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कांग्रेस–एमालेसँग भिड्न मधेसी मोर्चा बन्यो, सकिने डरले सुध्रिएका हुन् ? (भिडियो)


काठमाडौं । मधेशको मुद्दालाई साझा बनाएर अघि बढ्ने अभिप्रायले मधेश केन्द्रित दलहरूले फेरि मोर्चाबन्दी गरेका छन् । मधेशको क्षेत्रीय राजनीतिबाट उदाएका सात दलले बिहीबार एक कार्यक्रम गर्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका हुन् । चार संसदमा रहेका र संसद बाहिर रहेका तीन गरी सात दल सम्मिलित मोर्चाले ‘लुज एलायन्स’ का रूपमा १५ बुँदे आचारसंहिता र २६ बुँदे उद्देश्यसहितको अवधारणापत्रसमेत सार्वजनिक गरेको छ ।

मोर्चामा संसदभित्रका डा.चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी तथा संसदमा प्रतिनिधित्व नरहेका हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी छन् ।

देशको राजनीतिमा राजावादीहरूको सक्रियता बढ्दै गएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, नेपाली विशेषतामा आधारित सामथ्र्य र पहिचानको आधारमा प्रदेशको सीमाङ्कन, नामाङ्कन तथा संरचना बनाउन आवश्यक रहेको मोर्चामा आबद्ध नेताहरूको भनाइ छ ।

सत्ता गठबन्धनमा रहेका मूल प्रतिस्पर्धी शक्तिहरूबीचको मिलाप र प्रतिपक्षीमा भएका दलहरूले पनि समाजावादी मोर्चा चलाइरहेका छन् । यस्तोमा एक्लाएक्लै हण्डर खाइरहेका मधेश केन्द्रित दलहरूको यो मोर्चाबन्दी पनि त्यसैको प्रत्युत्तरमा आएको रुपमा हेरिएको छ ।

मोर्चा गठनका लागि ‘लुज एलायन्स’ बनाउन सबैभन्दा पहिले र पहलो कदम चालेका हृदयेश त्रिपाठीले मधेश केन्द्रित दलहरूबाट अनगिन्ती त्रुटि भएको स्वीकार्दै आगामी दिनमा त्यसलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् । सबै राजनीतिक दलहरूमा एक पटक त्यस्तो समय आउने बताउँदै अब विगतमा गरेका गल्ती दोहो¥याउन नहुने उनको तर्क छ ।

यसभन्दा अघि पनि मधेश केन्द्रित दलहरूबीच मोर्चाबन्दी भएका थिए । मधेश आन्दोलनका क्रममा तत्कालीन तीन राजनीतिक दल उपेन्द्रको मधेशी जनअधिकार फोरम, महन्थ ठाकुरको तमलोपा र राजेन्द्र महतोको सद्भावना पार्टी मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन भएको थियो । तर, व्यक्तिगत स्वार्थ केन्द्रित मोर्चाबन्दी गर्ने प्रवृत्तिकै कारण लामो समय टिक्न सकेन ।

बाँकि भिडियो सहित