काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गरेको छ । पार्टी उपसभापति डा।स्वर्णिम वाग्लेसहित नेताहरूले सामुहिक रुपमा घण्टी बजाएर जनयात्राको सुरुवात गरेका छन् ।
सभामा सांसद हरि ढकालले आफ्ना सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ भन्दै सुनाए । उनले देशमा ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने लामिछानेको मन रहेको अभिव्यक्ति दिए । यसैबीच, सभापति रवि लामिछानेलाई रुपन्देही पु¥याइएको छ ।
हिजो साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई आज विहान जहाजमार्फत रुपन्देही लगेको हो । लामिछानेलाई आज र भोली जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
भोलि सरकारी बिदा भएकाले अदालत नखुल्ने भएकाले दुई दिन लामिछाने जिल्ला प्रहरीकै हिरासतमा राखिने भएको हो ।
प्रतिक्रिया