काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएकाछन् ।
सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराए ।
आज थाइल्याण्डको औपचारिक भ्रमण सेकर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताए । प्रधानमन्त्री ओलीले सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धतासमेत जनाए ।
प्रतिक्रिया