Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सरकारका प्रवक्ताको आह्वान– निरंकुशतवादको विरोधमा सहभागी बनौँ


सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निरंकुशतवादको विरोध प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् । शनिबार बिहान काठमाडौंको गोकर्ण रिसोर्टमा एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उद्घाटन गर्दै मन्त्री गुरुङले खुला समाजमा नै खेलकुदजस्ता गतिविधि गर्न सम्भव भएको बताए । 

“खेलकुदजस्ता गतिविधि खुला समाजमा डेमोक्रेसीका मूलभूत मान्यता अगाडि बढिरहेको समाजमा मात्रै यस्ता चिज सम्भव छ,” उनले भने, “संविधानको आफ्नो सीमा छ । वैचारिक, भौतिक सीमा हुन्छ ।”

गुरुङले अतिवाद त्यो सीमाभन्दा बाहिर जान नदिइने बताए । “विखण्डनवाद, जातीयवादलाई दुरुत्साहन गरेका छौँ,” उनले भने ।

उनले निरंकुशतावादविरुद्ध वृहत् सोचका साथ लागिएको भन्दै सोही प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

“निरशंकुतावादको तन्त्रलाई निषेध गरिराखेका हुन्छौँ । त्यही वृहत् सोचका साथ काम गरिरहेको हुनाले त्यही प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु,” उनले भने ।

शनिबार बिहान सञ्चारमन्त्री गुरुङले टी–अफ गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् ।