Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

एआईले विश्वमा आधा रोजगारी खोस्न सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी


काठमाडौं—संयुक्त राष्ट्रसंघले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई)ले विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै विशाल अवसरहरू सिर्जना गरे पनि विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम रहेको राष्ट्रसंघीय व्यापार र विकास एजेन्सी अंकटाड (यूएनसीटीएडी) ले प्रतिवेदनमा चेतावनी दिएको छ।

एआईले उत्पादकत्व वृद्धि गरे पनि रोजगार विस्थापनको बारेमा चिन्ता बताएको प्रतिवेदनमा उल्लेख छ । विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ।