Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

पाँचथरमा वनमा आगलागी हुँदा एकको मृत्यु,तीन जना गम्भीर


काठमाडौं—पाँचथरमा वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका– ३ मा रहेको निजी वनमा आगलागी हुँदा घाँस दाउरा गर्न गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।

आगलागीमा परी ६० वर्षीया निरमाया सम्वाहाम्फे, उनकी छोरी २८ वर्षीया सपना सम्वाहाम्फे, सपनाकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे गम्भीर घाइते भएका हुन् । मृतक युवती निरमायाको नातिनी हुन् । पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार पहाडमा माथि घाँस दाउरा गरिरहेका बेला तलबाट आगलागी सुरु भएको थियो । भाग्ने ठाउँ नभेटेपछि आगोमा चार जना परेको उनले बताए ।

घाइतेको बिहीबार दिउँसो प्रहरीले उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानमा उपचारका क्रममा बिहीबार राति प्रतिमाको मृत्यु भएको हो । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आगलागी भएको निजी वन सोही स्थानका अमर थापा र पदम खड्कालगायतको हो ।