Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने


काठभमाडौं—प्रधानमन्त्री केपी ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ।

आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत सम्बोधन गरेपछि एजेण्डाहरु प्रस्तुत गरिनेछ। तत्पश्चात् बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका प्रधानमन्त्रीहरूले सम्बोधन गर्ने तयारी छ । सम्बोधनपछि एजेण्डाहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्राले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।