Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सरकारलाई झुकाउँदै शिक्षक, बालेनको पनि मन जिते, तोडफोड छैन, रमाइलो गर्दै दबाब बढाउँदै (भिडियो)


काठमाडौं—गत वर्ष संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै झन्डै एक साता शिक्षकहरुको आन्दोलन चल्यो । तर शिक्षकहरुको माग सम्बोधन भएन । तर सो आन्दोलनका क्रममा शिक्षकहरुले प्रस्तुत गरेको रचनात्मक विरोध प्रदर्शन भने अझै ताजा छ । शिक्षक होमनाथ न्यौपानेले सडकमा आफ्ना मागहरु राख्ने क्रममा रचनात्मक ढंगले लगाएको नाराले उनलाई चर्चामा ल्याएको थियो ।

गत वर्षको यो प्रशंग जाड्नुको तात्पर्य हो, फेरि आन्दोलनमा होमिएका शिक्षकहरुले अहिले सडकमा देखाएको चेतना र प्रदर्शन शैली । यसअघि सरकारसँग पटक पटक भएका सहमति कार्यान्वयन नहुँदा रुष्ट बनेका शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी हुनु पर्ने अडानमा छन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक संघर्ष नछोड्ने अडानमा रहेका उनीहरु संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका हुन् ।