Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

तीनकुनेको रहस्य चिरिँदै, प्रहरीको दाबी ‘डीप फेक’को यर्थाथ यस्तो, अन्तर्राष्ट्रियकरण गर्दै राजावादी (भिडियो)


काठमाडौं—तीनकुनेको हिंसात्मक प्रदर्शन काण्ड सेलाउनुको साटो झनझन रहस्यमयी बन्दै गएको छ । त्यसमाथि प्रहरीले गरेको पत्रकार सम्मेलन र त्यहाँ प्रहरीले आफूमाथि उठेका प्रश्नलाई हल्का रुपमा लिँदा घटनाक्रम थप रहस्यमयी बनेका छन् । सुरुमा त प्रहरीले ६ दिनपछि पत्रकार सम्मेलन गर्नु मै प्रश्न उठेको छ । पत्रकार सम्मेलनमा आन्दोलनकारीका तर्फबाट भएका अराजक गतिविधिलाई समेट्दै प्राथमिकताका साथ भिडियो फुटेज देखाइँदा प्रहरीमाथि गम्भीर प्रश्न उठेका हुन् ।

राजावादीको सभास्थलमा राष्ट्रियगान बजिरहेकै समयमा अश्रुग्यास प्रहार भएको भिडियो प्रहरीले देखाएको छैन । निहत्था नागरिकलाई गोली हानेको तथा घरछिर्न लाग्दा गोली लागेका दृश्य प्रहरीले आफ्नो ब्रिफिङमा नदेखाउँदा प्रहरीमाथि थप प्रश्न उठेको छ भने राज्यपक्षको कमजोरी ढाकछेप गर्ने प्रपञ्चका रुपमा धेरैले हेरेका छन् । पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएको प्रहरीले राज्य पक्षबाट भएका कमजोरीलाई ढाकछोप गर्ने प्रयास ग¥यो । यसले प्रहरी प्रमुख र गृहमन्त्रीको राजीनामा माग्ने तथ्यलाई थप बढावा दिएको छ ।