काठमाडौं—पूर्वराजाबाटै बेवास्तामा परेका तथा आफ्नै नेताबाट घेरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नै राजावादी आन्दोलको मियो बनेका छन् । दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन विध्वंसपूर्ण बनेपछि विकसित घटनाक्रमले यस्तो अवस्था सिर्जना गरेको हो ।
यसैलाई लिएर निर्मलनिवासलाई लपेट्ने गणतन्त्रवादीहरुको कदम तथा आफ्नै नेतासमेत पक्राउ परेपछि लिङ्देन नै एकमात्र विकल्प बनेका हुन् । हुनपनि दुर्गा प्रसाईंफरार छन् भने नवराज सुवेदीले नेतृत्व गर्न सकेनन् । त्यस्तै न संगठन न रणनीति नै को अवस्थामा रहेकास्वागत नेपाल र जगमान गुरुङ गफ मै सीमित छन् ।
यसैबीच प्रसाईंको कित्तामा लाग्नेहरु समेत संकटमा परेको यो समय राप्रपा नै त्यो सबै सम्हाल्ने शक्ति बनिरहेको हो । यअसघि पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलेनै लिङदेनमाथि प्रहार गरिरहेकका थिए ।
प्रतिक्रिया