Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मधेशकेन्द्रित सात दलले अलग्गै मोर्चा बनाए


काठमाडौं—मधेशकेन्द्रित सात दलले अलग्गै मोर्चा बनाएका छन् । मधेशकेन्द्रित विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका हुन्।

यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समेटिएका छन् ।

संविधान संशोधनलगायतका विषयमा साझा धारणा बनाउन मधेशकेन्द्रित दलहरूले अलग्गै मोर्चा बनाएका हुन् । मधेशी दलले यसअघि नै मोर्चा घोषणाका लागि कार्यदल बनाएर दस्तावेज लेखेका थिए । मोर्चाको नेतृत्व समाजवादी मोर्चामा जस्तै आलोपालो गर्ने सहमति गरिएको छ।