Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

मुस्ताङका कर्मा १० दिनदेखि बेपत्ता,सीसीटिभीमा देखिए त्यसपछि हराए,खबर गरिदिन परिवारको आग्रह


काठमाडौं—काठमाडौंको बौद्धबाट ‘कान्छा’ भनिने कर्म धार्के गुरुङ गत चैत्र १० गतेदेखि वेपत्ता भएका छन् । मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका १ घर भएका गुरुङ काठमाडौं बौद्धस्थित सिमलटारमा बस्दै आएका थिए । तर पछिलो १० दिनदेखी बेपत्ता छन् ।

अन्तिम पटक चैत्र १० गते बौद्ध क्षेत्रको एक सीसीटीभी क्यामेरामा कैद भएका गुरुङ बौद्धगेट कटेर नयाँ बस्तीसम्म गएको देखिएको उनका दाजु ताक्ला गुरुङले जानकारी दिए । त्यसपछि कान्छा वेपत्ता छन् । परिवारले आफन्त छरछिमेकी र आफुहरुले थाहापाएको सबै स्थानमा खोजिगर्दा पनि फेला नपरेपछि संचारमाध्यम मार्फत खोजविनमा सहयोग गरिदिन सबैलाई आग्रह गरेकाछन् ।

सुस्त मनस्थिति भएका ‘कान्छा’ लाई कसैले ललाइफकाई कुनै होटल, वा घरमा राखेर काम लगाएको हुन सक्ने परिवारको आशंका छ । उनलाई फेला पार्नु हुनेले नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क नम्बरमा खबर गरिदिन हुन परिवारले अनुरोध गरेको छ ।
सम्पर्क नम्बर : ९८१५५९५४२०-९८४७७८८६३९