काठमाडौं—आर्थिक वर्ष २०२४-२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । गतआर्थिक वर्ष २०२३-२४ को तुलनामा यो बढी हो । गतआर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।यद्यपि सन् २०२४ को अन्त्यतिर बाढी पहिरो लगायत ठूला प्राकृतिक विपत्ति घटेपनिआर्थिक वृद्धिदरमा सुधार हुने देखिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले आज सार्वजनिक गरेको ‘नेपालविकास प्रतिवेदनःआर्थिक वृद्धि उकास्नकालागि उद्यमशिलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन’प्रतिवेदनले गतवर्ष भन्दायसवर्ष आर्थिक वृद्धिमा सुधार हुने प्रक्षेपण गरेको हो ।यो वर्ष मुख्यतःआन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनमा वृद्धि भएकाले आर्थिक वृद्धिमा सुधार आउने प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनले सन् २०२५-२६ र २०२६-२७मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहने बताइएको छ ।प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिमलाई पनि औंल्याएको छ । जसमा भू–राजनीतिक र व्यापार सम्बन्धी अनिश्चितता समावेश छन् ।
प्रतिक्रिया