Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

सहकारी पीडितको काठमाडौंमा प्रदर्शन


काठमाडौं—सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको हो । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् । बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

सहकारी पीडित,लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए।

समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसके पनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरूले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने,मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगायतका माग समेत अघि सारेका छन् । उनीहरूले आफ्ना माग पूरा नभए घर नफर्किने चेतावनी दिएका छन्।