Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ताला फुटाएर कार्यकक्षमा छिरे, हाजिर गरे, सिंहदरबारतिर हिँडे गुरागाईं


काठमाडौं—काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् । वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् ।

उनको कार्यकक्षमा चार साढे ३ महिनादेखि लागेको ताला पनि कर्माचारीले फुटाइदिएका छन् । मेयर बालेन्द्र साहले लगाएको ताला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खोल्न अस्वीकार गरेपछि कर्चारीले फोडेर गुरागाईंलाई कार्यकक्षमा छिरएका हुन् । उनले त्यसपछि कार्यकक्षमा हाजिर गरेर उपमेयर सुनिता डंगोलसहितसँग बैठक गरेका थिए ।

बैठक सकेपछि उनी वन तथा वातावरण विभागको गाडी चढेर सिंहदरबार गएका हुन् । उनी आउने थाहा पाएपछि मेयर बालेन्द्रले नगर प्रहरी लगाएर उनले प्रयोग गर्ने गाडीमा ह्वील लगाइदिएका थिए ।