Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

कामु प्रधानमन्त्रीले शिक्षा समितिका सांसदहरूलाई बैठकमा बोलाए


काठमाडौं—कामु प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रतिनिधि सभाको शिक्षा समितिका सांसदहरूलाई बोलाएका छन् । शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई आज दिउँसो ४ बजे बोलाएको कामु प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री पनि सहभागी हुने बताइएको छ । शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कामु प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

कामु प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ । शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ। तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।