Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

परराष्ट्रमन्त्री डा. आरजु राणा र श्रीलंकाका परराष्ट्र उपमन्त्री हेमचन्द्रसँग द्विपक्षीय भेटवार्ता


काठमाडौं—परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले श्रीलंकाका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरूबीच छैटौं बिमस्टेक शिखर सम्मेलनको अवसरमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री राणाले बैठक उपलब्धिपूर्ण भएको बताउँदै द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, हवाई सम्पर्क विस्तार र व्यापारिक सहकार्यलाई अगाडि बढाउने विषयमा विचार–विमर्श भएको जानकारी दिएकी छन् । नेपाल र श्रीलंकाबीच ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। पछिल्लो समय पर्यटन तथा व्यापारिक सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।