काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेको थियो ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए । बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई कार्यकक्षसम्म पु¥याए । उनी १०३ दिनपछि बिहीबार कार्यालय पुगेर हाजिर गरेका हुन् ।
गत ७ पुसदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो । यस्तो अवस्थामा आफूहरूले तलब समेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् ।
प्रतिक्रिया