Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

तीनकुने प्रकरणमा राजनीति हाबी,बालेन–रविले देखे अवसर


राजावादी भर्सेस गणतन्त्रवादीको धुव्रीकरण बढेका बेला विकल्प भनिएकाहरुसक्रिय बनेका छन् । कित्ता क्लियर गर्नुपर्ने दवाव र आफू स्थापित हुने मौकाका कारण रवि–बालेनहरु फाइदा उठाउन लागी परेका हुन् । जसले गणतन्त्रवादीलाई समेत राहत मिल्दा उनीहरुले खोजेको के हो त ?

अबको विकल्प के भन्दै राजावादी र गणतन्त्रवादी भिडिरहँदा विकल्प भनिएकाहरुसमेत सक्रिय बनेका छन् । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने बहसकाबीच उनीहरु आफ्नो उपस्थिति देखाउन लागी परेका हुन् । एकातर्फ कित्ता क्लियर गर्नुपर्ने बाध्यता र अर्कातर्फ दुईवटै शक्तिमाथि प्रश्न गर्नेहरु बढेको अवस्था ।

यसले आफूलाई फाइदा पुग्ने देखेरै उनीहरुले सक्रियता बढाएका हुन् । जसको पछिल्लो उदाहरण बनेका छन् रवि लामिछाने । गणतन्त्रवादीहरुले हेपेका र राजावादीमा जान नसकेका उनी सहकारी मुद्दाले थलिँदै आएका थिए । बढीबोले सहकारी ठगीको मुद्दामा पर्सामा जाकिन सक्ने अवस्था । यही कारण मौन बसेका उनी मौकाको खोजीमा थिए । जहाँ सडकमा देखिएको असन्तुष्टिकाबीच कसैमाथि प्रहार गर्न नहुने रास्वपा नेताहरुको दबाबमा पार्टी थियो ।

अर्कातर्फरास्वपाको कित्ता क्लियर गर्न गणतन्त्रवादीले दवाव दिदाँ विकल्प दाबी गर्ने उनको सक्रियता गणतन्त्रवादीका लागि समेत फाइदाजनक हुने अवस्था छ । फलतः समय आएपछि बोल्छु भन्ने लामिछानेराजावादी र गणतन्त्रवादीको धुव्रीकरण बढेको समय उपयोग गर्ने रणनीतिमा लागेको पक्का छ । अहिले उनी रास्वपाको सभापतिको जिम्मेवारीमाफर्किंदै नियमित काम थालिसकेका छन् ।

त्यस्तै सांसद पद फिर्ता गरिदिन सभामुख देवराज घिमिरेलाई समेत भेटिसकेका लामिछानेसांसद पद निलम्बनविरुद्ध अदालत जाने तयारीमा छन् । सँगै राजावादीको आन्दोलनमा राजतन्त्र चाहनेमात्र नभएको भन्दै सन्तुलन मिलाएका उनले सरकारमाथि पनि प्रहार गर्न थालिसकेका छन् । त्यस्तै तीनकुने घटनामा समेत न्यायिक छानबिन हुनुपर्ने माग राखेर दोहोरो प्रहारबाट बचेका उनलेगणतन्त्रवादीको सूचीमा हस्ताक्षर गर्न इच्छुक नभएको प्रष्ट पारेका छन् ।

यता गणतन्त्रवादी दलहरु समेत केही हदसम्म उनलाई प्रयोग गर्ने रणनीतिमै देखिन्छन् । कि राजतन्त्र स्वीकार्ने कि त विकल्प दिने भन्ने बहसकाबीच लामिछाने निराश बनेका नागरिकको एकहिस्सा कम गर्ने अस्त्र बन्न सक्ने अवस्थासमेत छ । जुन बहस राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमै ल्याएको उभारको अवस्थामा समेत भएको थियो । यसबाहेक काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलेसमेत यही अवसर उपयोग गर्ने रणनीति लिएका छन् ।

अघोषित रुपमा राजावादीको ट्याग खेपिरहेका उनी निर्मलनिवासलाई पत्र काटेर यो आरोपबाट बच्दा एमाले जस्ता पार्टीको समेत प्रशंसा पाइरहेका छन् । जसले अबको विकल्प ज्ञानेन्द्र शाह नभई बालेन्द्र शाह भएको बहसलाई अझ चर्चामा ल्याउँदा उनी गणतन्त्रको सुन्दर फूलको उपमा स्थापित गर्ने बाटोमा देखिन्छन् । जहाँ राजावादीकै तातिएको माहोलका बीच सरकारमाथि अपाच्य गाली गर्ने र गाड्नेसम्मको चेतावनी दिने अनि राजावादीलाई समेत पत्र काट्ने उनको यो कदमसमेत रविकै रणनीतिभन्दा फरक छैन । यही कारण पूर्वराजालाई घेराबन्दी गर्ने गणतन्त्रवादीको आँटसमेत बढेको छ ।

हुन त तीनकुने घटनाले नै राजावादी आन्दोलनमा कालो पोतेको छ । जहाँ उठिसकेको मुद्दा नेतृत्वविहीनताकै अवस्थामा पुग्दा राप्रपा यो सबै समेटेर जान सक्ने अवस्थामा छैन । त्यसबाहेक गणतन्त्रवादीहरु समेतकम्तिमा व्यवस्थाका विषयमा एक ठाँउमा देखिँदारवि बालेनेको यो रणनीतिलेसमेत विकल्प चाहिने राजावादीको मुद्दालाई कमजोर पार्न सक्छ । अबबाँकी रहेको हिन्दुधर्मको विषयमा समेत ठूला दल नै सकारात्मक देखिँदाराजावादीलाई कमजोर पार्ने अस्त्र बनेर विकल्प भनिएकाहरुले फाइदा उठाउने अवसर देख्नु स्वभाविक देखिन्छ ।