Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

संसद्को चालु अधिवेशनको अन्तिम बैठक बस्दै, यस्तो छ कार्यसूची ?


संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बस्न लागेको हो । 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा वार्षिक प्रतिवेदनसँगै व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको छ । 

आजको बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ । सरकारले चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरिसकेको छ । 

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।