Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

तीनकुनेको घटना आपराधिक : उपेन्द्र यादव


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौंको तीनकुनेको घटना आपराधिक भएको बताएका छन् । 

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने भए तापनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताए । 

राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यस दिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । 

सरकार संसद् र सिंहदरबारमा मजबुत रहे तापनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको आरोप लगाए । 

राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए ।