काठमाडौं—इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन्। उनले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै वार्तामा बस्न नचाहने बताएका छन् ।
यद्यपि, अप्रत्यक्ष वार्ताका लागि तयार रहेको उनले बताए।ट्रम्प प्रशासनले तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिएको छ। इरानी राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि अमेरिकाले पहिले आफ्नो गल्ती सुधार्नुपर्ने बताए ।
अमेरिकाले विश्वास नजितेसम्म प्रत्यक्ष वार्ता सम्भव नभएको उनले स्पष्ट पारे । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा इरानले सम्झौतामा सहमति जनाएन भने अमेरिकाले बम आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। उनले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी पनि दिएका छन्।
प्रतिक्रिया