काठमाडौ—संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको थियो ।
त्यसअघि आइतबार नै बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो।आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुले उठाएको प्रश्नको जवाफ दिने तयारी छ । यस्तै, राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ ।प्रतिस्थापन विधेयक आजै पास गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया