काठमाडौं—संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदै छन् । गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा लामिछाने पक्राउ परेयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका छन् ।
सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ।त्यसपछि लगत्तै बस्ने दोस्रो बैठकमा सभापति लामिछानेले अध्यक्षता गर्ने तयारी छ । उक्त बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आ–आफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ। त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
प्रतिक्रिया