काठमाडौं—इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशी साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ।
यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने गर्छन । खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो।
यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
प्रतिक्रिया