काठमाडौं—युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको चाँडै मृत्यु हुने प्रतिक्रिया दिएका छन् । रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनको स्वास्थ्य बिग्रँदै गएको रिपोर्टका बीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको ‘चाँडै मृत्यु’ हुने दाबी गरेका हुन् । जेलेन्स्कीले भनेका छन्, ‘पुटिनको ‘चाँडै मृत्यु हुन्छ ।
त्यसपछि सबै कुरा (युक्रेन युद्ध) समाप्त हुने छन् ।’ जेलेन्स्कीले पेरिसमा युरोपेली पत्रकारहरूसँगको अन्तर्वार्तामा यो भनाइ राखेका थिए । युक्रेनी राष्ट्रपतिले पुटिन जीवनभर सत्तामा रहन चाहेको बताएका छन् । उनको महत्वाकांक्षा युक्रेनमा मात्र सीमित नभएको तर यसले पश्चिमी देशहरूसँग प्रत्यक्ष टकराव निम्त्याउन सक्ने उनले बताए ।
जेलेन्स्कीको बयानको एक दिन अघि अमेरिकाको मध्यस्थतामा ब्ल्याक सीमा रुस र युक्रेनबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकाले विश्वव्यापी कृषि र मल बजारमा रुसको पहुँच पुनस्र्थापित गर्न मद्दत गर्ने बताएको छ । जेलेन्स्कीले भनेका छन्, ‘यो धेरै महत्त्वपूर्ण छ कि अमेरिकाले पुटिनलाई यो विश्वव्यापी बजारमा प्रवेश गर्न मद्दत नगरोस् । मलाई लाग्छ यो खतरनाक छ । अमेरिकाले पुटिनलाई बिना सर्त युद्धविरामका लागि अनुरोध गर्नेछ ।
प्रतिक्रिया