काठमाडौं—राजावादी नाइकेलाई नजरबन्द, तीनकुने घटनामा संलग्नलाई पक्राउ अनि दुर्गा प्रसाईंको खोजी तीव्र । यसबाहेक आगजनी र लुटपाटमा संलग्नको पहिचान र कानुनी प्रक्रिया शुरु गरेको सरकार यही बलमा राजावादीलाई साइजमा ल्याउन कस्सिएको छ ।
आन्दोलनको मोर्चा डा.जगमान गुरुङले सम्हालेपनि दुर्गा प्रसाईं फरार हुनु र विध्वंस्वपूर्ण कार्यमा नागरिकस्तरको प्रश्नले समेत सरकार हौसिएको छ । नेकपा माओवादीदेखि कांग्रेस, एमाले यसमा एकमत छन् भने पूर्वराजाको सुविधा खोस्नेसम्मको बहससमेत छ ।
यसबाहेक सरकारले उनको सुरक्षार्थ खटिएका सशस्त्रप्रहरीको संख्या घटाउने र टोली नै परिवर्तन गरेको छ । त्यस्तै ज्ञानेन्द्रलाई पक्राउ गर्नु पर्नेसम्मकै दववामा सरकार रहँदा तीनकुने घटनालाई देखाएर राजावादीलाई दबाउँदै लग्ने रणनीति देखिन्छ ।
तर यसले अब गणतन्त्रवादीमाथिको प्रश्नसमेत पेचिलो बनेको छ । सर्वप्रथम सरकारको सूचनाको विश्वनियतामाथि नै प्रश्न उठ्दा प्रधानमन्त्रीको अभिव्यक्ति नै प्रश्नमा छ ।
प्रतिक्रिया