काठमाडौ—आइतबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि दिउँसो सवा १ बजेका लागि सारियो । सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा निर्धारित समयमा संसद बैठक बस्न सकेन । यसपछि सवा १ बजे बोलाइएको बैठकमा भने सत्ता र प्रतिपक्षी दलबीच चर्काचर्की नै प¥यो ।
सहज वातावरणमा बैठक अगाडि बढ्न नसकेपछि २४ मिनेट चलेर सूचना जारी गरी फेरि अपराह्न ४ बजेका लागि बैठक सारियो । तर अपराह्न ४ बजेका लागि बोलाइएको बैठक भने बस्दै नबसी सूचना टाँस गरी सोमबार बिहान ११ बजेसम्मलाई स्थगित गरियो ।
विपक्षीको अवरोध जारी रहेपछि आइतबारको बैठक तीन पटकसम्म सूचना टाँस गरी स्थगित गरिएको थियो । आइतबारको दोस्रो बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरु एकअर्काको प्रतिवादमा उत्रिँदा सदनको वातावरण मुठभेडकै अवस्थामा पुगेको थियो । एकले अर्कामाथि आरोप लगाउनेदेखि नाराबाजीसमेत भयो ।
प्रतिक्रिया