काठमाडौं—तीनकुनेमा उपद्रो मच्चाएर कमाण्डर दुर्गा प्रसाईं फरार भएपछि राजावादीहरु संकटमा परेका छन् । एकातर्फ हिंसाको अपनत्व कसले लिने भन्ने प्रश्न कायम रहँदा सुई निर्मल निवासतर्फ सोझिएको छ । राप्रपाले त्यो घटनालाई समर्थन गरेको छैन तर, उसकै नेताहरु राजावादीलाई उच्काएको आरोपमा हिरासतमा छन् ।
उनीहरुले दुुर्गाको अपजसको भारी नबोक्ने बताउँदा आन्दोलनको अघिल्लो दिन पूर्वराजालाई भेटेर कमान्डरको बक्सिस थापेकाले पूर्वराजालाई नै आन्दोलनको मतियार बनाउनेहरु पनि छन् । अर्कोतर्फ नवीन सहमतिको शब्दजाल बुन्दै त्यो नभएसम्म संघर्ष नछाड्ने बताएका राजावादीहरु सडकमा आगो झोसेर किन शान्त बने भन्नेसम्मका प्रश्न उठेका छन् ।
प्रतिक्रिया