काठमाडौं । नेपाल स्टक एक्सजेन्ज (नेप्से)को सीईओमा नारद लुइँटेललाई नियुक्त गर्ने मन्त्रीपरिषद्को निर्णयमै चलखेल भएको छ । गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले लुईटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले योहोखबरलाई बताएका थिए । तर, एक साता पुग्दा पनि उनले नियुक्ति पत्र पाएका छैनन् ।
उनलाई नियुक्त गरिएको पत्र नै गायब पारिएको छ । मुख्यसचिव एकनाराण अर्यालले मन्त्रीपरिषद्को निर्णय नै रोकी हस्ताक्षर नमान्दा उनले नियुक्ति नपाएका हुन् । अहिले भने अर्यालले निर्णय नै नभएको बताउने गरेका छन् । अर्थ मन्त्रालयले १० जना उम्मेदवार मध्येबाट पाँच जनालाई सर्टलिस्टमा पारेको थियो ।
त्यसमध्ये तीन जनाको नाम छनोट गरी अर्थमन्त्री विष्णु पौडेल स्वयंले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । पौडेलको प्रस्तावअनुसार नै लुईंटेललाई नियुक्त गर्ने निर्णय भएको थियो । तर, अहिले स्वार्थ समूहरुको दबाबले उनको नियुक्ति रोकिएको हो ।
आइएमई ग्रुप अन्तर्गत रहेकाे व्यवसायी चन्द्र ढकालकाे एक संस्था नेप्से काराेबारसँग सम्बन्धित रहेकाले लुइँटेलको नियुक्ति रोकेर आफू अनुकूलका व्यक्तिलाई ल्याउन उनकाे स्वार्थ समूह लविङमा छ । यो दबाबले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालय पनि अलमलमा परेको स्रोतको दाबी छ ।
प्रतिक्रिया