Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सर्वदलीय बैठकमा रास्वपा र राप्रपालाई प्रवेश निषेध


काठमाडौं—प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई निषेध गरिएको छ । गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका हुन् । राप्रपा राजावादी भए पनि रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल हो । यद्यपि यी दुवै दल ओली सरकारप्रति संसद् र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् ।

यस्तै उनले विपक्षी दलहरूले संसद् सञ्चालन हुन नदिएकोमा पनि असन्तुष्टि पोखे । सरकारले ल्याएको पाँचवटा प्रतिस्थापन विधेयक सोमबार १२ बजेसम्म दुवै सदनबाट अनुमोदन भइसक्नुपर्छ तर आइतबार सहमतिमै संसद् चलाउने दिनभरको प्रयास असफल भएको छ ।