Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित


काठमाडौं—प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गर्नुको कारण माग गर्दै विपक्षी दलहरूले संघीय संसद्का दुवै सदन अवरोध गरिरहेका छन् ।

आइतबारका लागि बोलाइएको बैठक विपक्षीको अवरोधका कारण तीनपटकसम्म सूचना टाँस गरेर स्थगित गरिएको थियो ।