Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूजकर्मी रजकको स्मृतिमा पुरस्कारको घोषणा


काठमाडौं—राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज खबरकर्मी सुरेश रजकको स्मृति ताजा राख्न एभिन्यूज खबर टेलिभिजनले बिभिन्न निर्णय गरेको छ । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनका क्रममा रजकको जीउँदै जलाएर हत्या गरिएको थियो ।

एभिन्यूजले रजकको स्मृतिमा चुनौतीपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । यो पुरस्कार हरेक वर्ष रजकको स्मृति दिवसका दिन चैत १५ गते प्रदान गरिने एभिन्यूजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी रजकको परिवारलाई रोजगारीका लागि पहल गर्ने,तत्कालका लागि काजकिरिया खर्च वापत १ लाख रुपैयाँ प्रदान गरिनेछ । संस्थाबाट पाउने सबै पारिश्रमिक रजकको परिवारलाई उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै एभिन्यूजले गरेको रजकको बीमा बापतको १० लाख रुपैयाँ प्राप्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख गरेको छ । अन्य हकमा एभिन्यूज व्यवस्थापनले आवश्यक निर्णय गर्ने जनाइएको छ ।

एभिन्यूजले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही, मृतक रजकलाई शहीद घोषणा र मृतकका परिवारलाई राहत उपलव्ध गराउन सरकार समक्ष यस अघि नै माग गरिरकेको छ । गत शुक्रबार राजवादीको प्रदर्शनका क्रममा आन्दोलन कारीले काठमाडौंको तीनकुनेमा सर्वसाधारणको घरमा आगो लगाएर घरभित्र दृश्य खिचिरहेको अवस्थामा रजकको जलाएर हत्या गरेका थिए ।