नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन्।
आइतवार संसद भवनबाहिर पत्रकारहरुसँग उनले प्रधानमन्त्रीविरुद्ध यस्तो आरोप लगाएका हुन्। उनले तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाबारे प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने माग गरे।
उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनुपर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको जिकिर गरे। उनले प्रधानमन्त्रीले उच्छृंखलता र अराजकतालाई मलजल गरेको आरोपसमेत लगाए।
प्रतिक्रिया