Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

म कतै भागेको छैन , काठमाडौंको कुनै एक मन्दिरमा बसेको छु : दुर्गा प्रसाईँ


काठमाडौं—प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गरेका छन् । प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आइतबार (चैत १७) भिडियो सन्देश जारी गरेका हुन् ।

गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन् । निजी घरको छतमा प्रहरी जाँदा अवस्था बिग्रेको उनको भनाइ छ ।

त्यस दिन तीनकुनेमा आफ्नो कानको छेउबाट गोली गएको उनले बताएका छन् । आफू हाल काठमाडौंको कुनै एक मन्दिरमा बसेको उनले जिकिर गरेका छन् । आफू नभागेको पनि उनले बताएका छन् ।