काठमाडौं—नेकपा (एकीकृत समाजवादी)ले राजावादीहरूले प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयसहित भौतिक संरचनाहरूमा गरेको आगजनी, तोडफोड र लुटपाटविरुद्ध चैत २५ गतेभित्रै सबै प्रदेश, जिल्ला र स्थानीय कमिटीमा भण्डाफोर र प्रदर्शन गर्ने भएको छ ।
शनिबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सो पार्टीले राजावादी हर्कतबिरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
प्रतिक्रिया