काठमाडौं । कुलमान घिसिङ, अब यो केबल एउटा नाम र व्यक्ति मात्रै रहेनन् । आफ्नो कामले पाएको सफलतापछि लोकप्रिय बनेका कुलमान नागरिकको आशा र भरोसा त बनेका छन् नै, जनतासँग भावना जोडिएको पात्रसमेत हुन् । त्यसै पनि जनतामाझ लोकप्रिय रहेका कुलमानलाई अहिले सरकारले गरेको व्यवहारले नागरिकको थप समर्थन मिल्दा उनको छवि जनप्रख्यात र उच्चो बनिरहेको छ ।
जुन प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्नु पर्नेभन्दै कानुनी उल्झनमा अल्झिएका घिसिङलाई राजनीतिक बाटो अङ्गाल्न पर्याप्त छ । यही जनसमर्थनलाई बुझेको माओवादीले कुलमानलाई पहिलेदेखि नै ब्राण्डिङ गरिरहेको छ । स्थानीय तहदेखि सङ्घको चुनावी अभियानमा कुलमानकै तस्वीर राखेर प्रचार गरेको माओवादीले लोडसेडिङ हटाएको श्रेय पनि पार्टीले नै लिने गरेको छ ।
नयाँ नयाँ अनुहारहरू राजनीतिक विकल्प बनेर आइरहँदा कुलमान जस्ता व्यक्ति राजनीतिमा आउनु पर्छ भत्रे आवाज ठूलै छ । कुलमानको ख्याति यतिसम्म बढेको छ कि उनी, गणतन्त्रवादी दलका साथै राजावादी दलको पनि साझा व्यक्ति बनेका छन् । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उनलाई अपनत्व गरिरहेको छ ।
कुलमान राप्रपाबाट गृहमन्त्री बनिसकेका बुद्धिमान तामाङका ज्वाईं र राप्रपा धादिङको उपाध्यक्ष रहेकी दीपा तामाङकी श्रीमान् हुन् । यसअघिको निर्वाचनमा काठमाडौं ३ बाट चुनाव लड्न खोजेका उनलाई अहिले राजावादी र गणतन्त्रवादीले साझा मुद्दा बनाउँदा उनको लोकप्रियताले राजनीतिमा आर्कषित गर्न सक्ने सम्भावना पनि छ ।
उनी जस्तै चर्चित व्यक्तिहरू राजनीतिमा लागेका मात्रै छैनन् स्थापित पनि भएका छन् । पत्रकारिताबाट चर्चामा आएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका साथै दुई पटक गृहमन्त्री समेत बनिसकेका छन् ।
बाँकि सामाग्री भिडियोसहित
प्रतिक्रिया