Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताए ।


शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाए । राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको छ ।

आक्रमणकारीहरुले शुक्रवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए । गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गर्नुभयो ।

निधन हुनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको गरे । गृहमन्त्री लेखकले आरोपीमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताए ।