काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेकाछन् ।
आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पु¥याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरे । शुक्रवार राजावादीहरुले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पतीमा तोडफोड गरी क्षति पु¥याएका थिए ।
सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए । पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँई गरेको पार्टीका नेताहरु बताउँछन् ।
राजावादीहरुले शुक्रवार तीनकुनेमा निजी सम्पतीमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरु र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पतीहरुमा आगजनी गरेका थिए ।
प्रतिक्रिया