Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै


काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे आज अनुगमन गर्ने भएको छ । क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी गरेको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए । हिजो साँझपख कफ्यु जारी भएकाले अनुगमन गर्न नपाएको उनले बताए ।

उनले नेपालप्रेससँग भने,‘ कहाँकति क्षति भएको छ ।हेछौं हिजो कफ्युले गर्दा अनुगमन गर्न पाएनौं । सडक, बोटविरुवा सार्वजनिक सम्पतिमा कति क्षति भएको छ त्यही अनुसारको जरिवाना हुन्छ ।’

त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए ।

उनले भने,‘ उहाँहरुले व्यवस्थित रुपमा कार्यक्रमपछि सरसफाइ गर्नुभयो । फोहोर पनि व्यवस्थित गर्नुभएको छ। फोहोरको लागि गाडी पठाइदिनु भन्नुभयो हामीले पठाइदियौं । सडक सफा गरेपछि जरिवाना तिराउन मिल्दैन ।